मायाका दुइ शब्द Poem by Pratikshya Sedhain

मायाका दुइ शब्द

ए माया तिमीलाई सम्झी कोरे दुइ शब्द
तिमीलाई नै सम्झी आज हुँदै छु म द्ङ
तिम्रो एक स्पर्शमा सारा संसार भुले
तिमीलाई नै संसार सम्झे बिपनिमै झुले
तिमीले गर्ने हरेक कुरा किन मन पर्छ
तिम्रो छप जब आखाको परेलिमा पर्छ
तिमी आयोउ पूर्वबाट त्यतै मेरो नजर
अचानक के भो मलाई बुझे तिम्रो कदर्
तिमीलाई आफ्नो मनको मित मैले सम्झे
तिम्रो मनमा आफ्नो ठाउँ खोज्ने कोसिस गरे
तिमी बाट प्रतिकृया राम्रै पाएपछि
तिमीसँग साथ जिउने सपनी मैले रोजे
तिम्रो मेरो कहाँनी के हुन्छ थाहा छैन
तर पनि तिम्रो लागी बाच्न मैले खोजे
सानी नै छु जस्तो लाग्थ्यो आमा बा कि छोरि
कती बेला माया पिरेम तिर लागी मोरि
आफैलाई अनौठो लाग्छ आज मलाई
तर पनि चन्चल यो मन बगाइ हाल्यो मलाई
तिम्रो स्वोर सुनेपछी मग्न मना भयो
तिमीलाई देखेपछी आखा धन्य भयो
आज तिमी छौ मसँग केहि भाको छैन
सपनिमा सोचेजस्तो राजकुमार पनि हैन
तर पनि यो मनलाई के पो भयो कुन्नि
दिमागको सोच्ने शक्ती कता गयो कुन्नि
मायाको बेग चलेपछी दिमाग बन्द भयो
तिम्लाई देखेपनी मन मन्द भयो
तिम्रो मुस्कान कती राम्रो मनै रमाउने
तिम्रो त्यही हासोले नै संसार घुमाउने
माया तिमीलाई छिट्टै देख्न मन लाग्यो
सपनिमा आज राती मन कता भागयो
खोज्न खोज्छ मेरो मन सपनिमा तिमीलाई
आख भित्रको माया तिम्रो कैले दिन्छौ मलाई
मलाई तिमी आफ्नो मनकी रानी कैले मान्छौ
मेरो मनको कुरा बुझी साथी कैले बन्छौ
साथी हामी अहिलेपनी छौ तापनी भन
जीवनभरको लागि मेरो हात कहिले थाम्छौ
सिन्दुर हाली बेहुली बनाइ घर कहिले लान्छौ
मेरो जीवन पूर्ण गरी पत्नी कैले मान्छौ । ।

Sunday, May 29, 2016
Topic(s) of this poem: love
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Pratikshya Sedhain

Pratikshya Sedhain

Kathmandu
Close
Error Success