मुर्दा हरु Poem by Sursen Gaunle Anyol

मुर्दा हरु

हजारौंं मुर्दा हरुको बिच मा
एकादुइ जिउदा मान्छे हरु
पोलिन्छन यहाँ मुर्दा नै सम्झिएर
कस्लाई के फरक पर्छ र यहाँ आखीर?
न उनी हरु बाँचेर कुनै परिवर्तन हुने थ्यो
न मरेर केही मासिने छ
बस्! रुनेहरु को जमात मा एकाध अरु थपिएलान्

मपाइँ को राज मा तपाईं सिकाउने हरु
निकम्मा बौलाहा ठहरिने छन
हुइयाँ मा हुइयाँ मिलाउने हरु
समझदार विद्वान कहिनेछन अनी
मुर्दा हरु को खात माथि
मशान हरु शासन गर्ने छन

यसरी नै चलेको थ्यो फेरी पनि यसरी नै चल्ने छ
अन्त्यमा फेरी मुर्दा हरु को नै शासन चल्ने छ
यो मशान घाट हो महोदय हेक्का राख्नुहोला
लाचार बिवश निशब्द भये ठिकै होला सामायोजन्
जिउदो हुँ लाग्छ भने एकपटक सोच्नुहोला

ए जिउदा मान्छे हरु हो न आउ तिमी यहाँ
तिमीलाई जलाउन चिता सजिएरहेको छ
परिवर्तन को बिगूल सम्झी दिग्भ्रमीत भयौ कि कतै
यहाँ फगत मसान घाट को एकोहोरो शंख बजिरहेछ...! ! !

Monday, January 27, 2020
Topic(s) of this poem: my country
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Sursen Gaunle Anyol

Sursen Gaunle Anyol

Pokhara, Nepal
Close
Error Success