उहिले
बा ले किनेको एउटा गोरु थियो
मैंले मेरो गोरु भन्थें
कसको थ्यो मलाई था भ'न
जसको भ'नि इमान्दार थ्यो
म खेत जोत्न लगाउँथें
बारी का कान्ला को घाँस जोगाउन
मुख मा कोक्रो लगाईदिन्थें
बेला मिलाएर खान दिन्थें
कहिले काहीं फुर्सद हुँदा
जंगल तिर लगेर छोडी दिन्थें
तिरिन टिपेर टन्न अघाएर आउथ्यो
बेला बखत मा लड्ने गर्थ्यो
बलियो थियो सबै लाइ जित्थ्यो
म लुरे तिघ्रा ठटाउँदै उ... हुई गर्थें
अहिले त बुढो भयो
भकारो को कुनो मा बस्दै छ
एकदम चुपचाप
१
तिमिहरु संग का एक बथान
बेइमान गोरु हरु
काम कत्ति गर्दैनन्
तिम्रा ति बसाहा गोरु हरु
फुकाइदेउ त चोरेर सताउछन्
दुनिया को गाली बाटुलछन्
काम तिम्ले लिनुपर्ने हो
तिम्लाई नै लगाइरहेका छन्
कति त हरुवा पनि छन्
ति भन्दा बढी तिमि हारेका छौ
तै पनि तिमि
घ्यु मा नुन भुटेर ख्वाएको ख्वाएई छौ
उनीहरु ताल मिलाएर खाइरहेका छन्
तरिका मिलाएर रिंगाईरहेका छन्
भकारी टौवा सबै रित्तिन लागिसक्यो
तिमीहरु बहिरा छौ कि भनेको मान्दैनौ
हे मुर्ख मान्छे हरु हो
आँखामा बाँधेको पट्टि खोल त
तिम्रा गोरु जरुवा परेछन
काम दिंदैनन
टाढा को जंगल तिर धपाइदेउ
र अर्को खोज
२
(sg anyol) (1/6/2012)
This poem has not been translated into any other language yet.
I would like to translate this poem