सन्नटा Poem by Sursen Gaunle Anyol

सन्नटा

सन्नटा को बिच मा अचानक एउटा कोलहाल सुनिन्छ,
म मन को पर्दा ध्यार्‍र पारेर हेर्न प्रयास गर्छु,
पर मलामी हरु गैरहेका थिए,
एउटा मुर्दा बोकेर,
ओहो! कोइ मरेछ,
मलाई मुर्दा हेर्ने लालसा जाग्छ,
म बिस्तारै सर्केर घारो नजिक पुग्छु,
समय को साथ मलाई, मेरो अहोभाग्य,
सानो हुरी सँगै कात्रो को छेउ सर्छ,
अनी देख्छु,
यो त मेरो हराएको सपना थियो,
निस्ठुरी छोडेर गएको,
म असमन्ज मा एकछिन,
बल्ल खाइस भनुँ कि कठै भनुँ? ? ?

Monday, June 25, 2018
Topic(s) of this poem: myself
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Sursen Gaunle Anyol

Sursen Gaunle Anyol

Pokhara, Nepal
Close
Error Success