साच्चि कति साघुंरो छ यो संसार
कुवा भित्रको भ्यागुतो जस्तै
न बाहिर निस्किने चाहत
न बाहिर हेर्ने रहर
मल मुत्र मिश्रित पानीको
खाल्डो मा बस्यो
अनि सम्झ्यो
दुनियाकै किम्ती अत्तर छर्केर
म संसार लाई सुगन्धित
बनाउन तिर लागिरहेछु
बधाई छ प्रिय मान्छे तिमि लाई
तिम्रो सोचले मुर्तरुप पाओस्
अग्रिम शुभकामना...! ! !
This poem has not been translated into any other language yet.
I would like to translate this poem
बधाई, अग्रिम शुभकामना, सुन्दर लेख