तस्वीरको प्रेममाmसुशान्त राजपूतको सम्झनामा) Poem by Gayatri Phukan

तस्वीरको प्रेममाmसुशान्त राजपूतको सम्झनामा)

तस्वीरको प्रेममाM सुशान्त राजपूतको सम्झनामा)
मल रचना (असमिया भाषामा) _ गायत्री फुकान, अंग्रेजी अनुवादः विवेकानन्द चौधरी

सुशान्त
मैले तिमीलाई धेरै पटक हेरेँ
धेरै पटक सम्मोहित भएँ
तिम्रो मुस्कानसित
एक जोडी सामान्य आँखासित

तिम्रो आँखामा के थिए कुन्नि!
म तिनको गहिराइमा हराउँथेँ
जति धेरै तिमीलाई बुझ्थेँ
त्यति धेरै म मोहित हुन्थेँ
जे तिमीलाई इृष्र्या गर्थे
ती अझै जलिरहेकै छन् ईष्र्यामा
तिमीलाई माया गर्ने अगणित मुटुहरु देखेर
तिनका जलन कहिल्यै सकिदैन
तिमी त विरल भाग्यशाली
जसले यति धेरै प्रेमलाई कमाण्ड गर्यो
म विश्वस्त छु
हीराको टुक्रा खोज्नुमा
मनुवाको केही गल्ती छैन

.मैले सहजै
तिम्रो मुस्कान अँगालेँ
चुम्बन रोपेँ
मेरो लागि
तिमी भौतिक रुपमा हुनु र नहुनुमा
केही अर्थ छैन
तिमी सधैँ तस्वीर भयौ
तिम्रो अनुपस्थितिमा
अहिले पनि
मेरो मुटु चस्किरहन्छ ।

अंग्रेजीबाट नेपाली भाषामा अनुवाद: वासुदेव अधिकारी

Wednesday, September 9, 2020
Topic(s) of this poem: ode
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Gayatri Phukan

Gayatri Phukan

Sivasagar
Close
Error Success