ढुङ्गा Poem by Sursen Gaunle Anyol

ढुङ्गा

नदी संगै बग्दै बग्दै सागर भेट्ने चाहनामा
पहाडको साथ छोडि यात्रामा निस्केको पत्थर
सकी नसकि सुस्त सुस्त, पछ्याउदै पाइला चाल्दै
आफैं सङ्ग ठक्कर खाइ फेरि अनि गल्दै गल्दै । ।
न हिड्नुपर्ने बाध्यता, न बस्नुपर्ने कारण
पानिको हरेक धक्याइसंगै हण्डर खादै यता उता
आफ्नो सपना पुरा गर्न आंफै सकिएरै पनि
अर्काको इशारा मा डोरिनुपर्ने जिन्दगी यो।।

Thursday, December 15, 2016
Topic(s) of this poem: self
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Sursen Gaunle Anyol

Sursen Gaunle Anyol

Pokhara, Nepal
Close
Error Success