त्याग Poem by Pipala Dhungana

त्याग

मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरे
मुटु काटी बिछोडका कथाहरू लेख्नुपरे
भैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन ।
मेरो खुशी निम्ति तिमीलेपिडा माथि टेक्नुपरे।।

नदेखाउनु दुनियाँलाईपिरले छाति सेक्नुपरे
दिनु तिम्रा दुखहरु केशै थाप्छु खेप्नुपरे
हन्डर खान दुख पिउनमलाइ बानी परिसक्यो
तर्किएरै जाउला कतै हाँसो तिम्रो छेक्नुपरे।।

Tuesday, June 26, 2018
Topic(s) of this poem: poem
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success