आएँ Poem by Sursen Gaunle Anyol

आएँ

ढल्यो मन बलजफत उठाएर आएँ
तिमि लाई भुल्ने आँट जुटाएर आएँ
छोडेउ साथ् आज नाता टुटाएर आएँ
मन मा फुल्थ्यो फूल, गमला फुटाएर आएँ ।।

गल्ति कहाँ भयो मेरो केलाएर आएँ
धुजा धुजा पर्यो मन सिलाएर आएँ
भत्कीएको मन मा डोजर चलाएर आएँ
मरिसके इच्छा हरु जलाएर आएँ ।।

आँफु लाइ आँफै भित्र भुलाएर आएँ
निस्सासीएको मन लाई कतै डुलाएर आएँ
अन्धकार मा एउटा दियो बलायेर आएँ
याद हरु बाग्मती मा सेलाएर आएँ ।।

(sg anyol) (22/6/2012)

Sunday, June 14, 2015
Topic(s) of this poem: myself
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Sursen Gaunle Anyol

Sursen Gaunle Anyol

Pokhara, Nepal
Close
Error Success