गजल Poem by Suchana Ghimire

गजल

बोल्न त बोल्ने थिए तर एउटा नाता चाहियो,
सम्बन्ध गाँसेर जतन गर्न एउटा गाता चाहियो।

स्वार्थीका लागि त सम्बन्ध नि व्यापार भएछ
नाफाघाटा हिसाब राख्न एउटा खाता चाहियो।

मन परेसि वास्तै नगरि फूल टिप्दै चुडिहाल्छन्
भावनाहरु सुरक्षित राख्न एउटा हाता चाहियो।

आँखाहरु बर्सिएर मनलाई पिडाले भिजाउछ भिज्नबाट जोगाउने एउटा छाता चाहियो।

माया नि ऋण जस्तो लगाएर ब्याज खोज्छन्
अनुदानमा माया बाँड्ने एउटा दाता चाहियो! !

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success