Suchana Ghimire

Suchana Ghimire Poems

उज्यालो हराएको अौँसीको जुन जस्तो
मलिन गाउँको त्यो सेरोफेरो
मणि हराएको सर्प जस्तो‍ छट्पटिदै
पर्खिरहेछन् वृद्ध नजरहरु
...

कल्पनाका मेरा सहर तिमी छौ र त हराभरा छन्,
तिमी नभए कल्पनामा पनि खडेरी पर्छ,
हरियाली हौ तिमी, खुसियाली हौ तिमी!
जिन्दगीमा साथ नभएर के भो?
...

बोल्न त बोल्ने थिए तर एउटा नाता चाहियो,
सम्बन्ध गाँसेर जतन गर्न एउटा गाता चाहियो।

स्वार्थीका लागि त सम्बन्ध नि व्यापार भएछ
...

नयाँ वर्ष नि नयाँ जस्तो छैन उनी टाढा हुँदा
उल्लास पनि उदास उदास उनी टाढा हुँदा
हाँसो पनि खुसि छैन, खुसि पनि खुसि छैन
पट्टयार लाग्दो प्रतीक्षा उनी टाढा हुँदा
...

A gloomy Saturday,
Land shaked, shaking everything
shaking houses,
shaking folks,
...

सजिलो हुँदैन,
काँडाको घोचाइ सहदै फुलिरहन।
ठेस लागेका खुट्टा सुमसुम्याउदै पाइला चालिरहन।
...

Suchana Ghimire Biography

Nature lover, Food lover, Travel lover, Country lover.. ?????????????? #? #nepal)

The Best Poem Of Suchana Ghimire

केही हराएका, केही पर्खिरहेका

उज्यालो हराएको अौँसीको जुन जस्तो
मलिन गाउँको त्यो सेरोफेरो
मणि हराएको सर्प जस्तो‍ छट्पटिदै
पर्खिरहेछन् वृद्ध नजरहरु
आफ्नै छाती चुसाएर हुर्काएका
सुगन्धको खोजीमा हराएका छन्
एक हुल कस्तुरीहरु।
दलिनमा जमेको कालो ध्वाँसो उस्तै छ
आहाराको पर्खाइमा
आँखा तन्काइरहेछ माउसुली
हावाको झोक्कासँग तर्सिदै
धिप धिपे टुकि बल्छ हरेक साँझ
तेल रितिएको टुकि जस्तो जिन्दगी भएका
चिन्ताका बादलले अध्याँरा भएका छन्
एक थान मनहरु।
दैलोमाथि गौँथलीको गुडँ उस्तै छ
घरपछाडिको खट्प्वाल रित्तो छ
न भँगेरा छन् न परेवा छन्
भत्किनै लागेका रित्ता गुँडहरु
हराउदै गएका कर्याङकुरुङ जस्तै हराएका
गुँड छाडेर नफर्किने गरि उडेका छन्
एक बथान बचेराहरु।
देउरालीमा वरपिपलको छाँया उस्तै छ
सिरसिर हावा कलकल बगि रहेको कुलो उस्तै छ
तर चौतारीमा सुस्ताउने भरिला आँत छैनन्
बूढो वरपिपल मुनि छन् त सुकेर झरेका पात
अनुभवका तह तहले चाउरिएका
जीन्दगीको वसन्त काटेर फुलिसकेका छन्
एक जोडी नजरहरु।
अनगिन्ती पदचापले बनाएको गोरेटो उस्तै छ
अझैपनि बन्छन् मेटिन्छन्
जीन्दगीको भारी बोक्दा बोक्दै थकित
अनि बर्खा भरि गडगडाएर हिउँदमा सुस्ताएका खहरे जस्ता रित्ता जोस छन्।
कहाँ गए,
किन मेटिए कलिला मुना जस्ता?
कता पुगेर किन मोडिए हुर्किदै गरेका?
एक हुल पदचापहरु ।
मुना जति टिप्दा टिप्दा
बूढो बोट मात्रै बाँकी भएको चियाको बोट जस्तो
हरियाली उस्तै छ
जरा उस्तै छ
पात उस्तै छ
तर हराएका छन्
कतै टाढा तातो पानीमा पिल्सिदै मगमगाउदै छन्
एक बगान मुनाहरु।
आफ्नो पोल्टोबाट
हराएको रौनक, हराएको उत्साह,
हराएका जीवनलाई पर्खिरहेको छ त्यो गाउँ।
मोहनी मन्त्रले एकोहोरिएर उज्यालो तिर तानिएका ती जुनकीरीहरु,
खोला बनेर बगिरहेछन् खै कुन्नी कुन सागरमा मिल्न,
आफ्नो थलो छाडेर।
कटेरोको किलामा बाँधिएर कुँडे कुरिरहेका वस्तु,
घान लगाउने हातहरु ढुकिरहेको ढिकि,
थकान बिर्साउने सुस्केराहरु पर्खिरहेको हरियाली,
चन्चल जोसिला पाइलाको स्वाद बिर्सि सकेको सुनसान आँगन,
आफ्नो सेेेरोफेरोमा र कण कणमा छरिएर पर्खिरहेछ
ति आफ्नाहरु
ति हराएकाहरु!

Suchana Ghimire Comments

Suchana Ghimire Quotes

चिप्ला कुरा गरेर लडाउने अनि हात दिएर उठाए झैँ गर्नेको साथ त के सहानुभूतिका दुई शब्दको पनि कहिल्यै आवश्यकता नपरोस जिवनमा! :)

'संसार त कुनै बेला हिटलरले पनि जिते होलान्' जित्नेहरु सबै, सहि हुदैनन्!

रुवाउनेको नाम मनमा होइन, डायरीमा टिपेर राख्ने हो । समयले सम्झिरहोस्, समयले नै बदला लिओस् । आफू त आँसु पुछेर हास्ने हो, शिर ठाडो गरेर बाच्ने हो ।

रुवाउनेको नाम मनमा होइन, डायरीमा टिपेर राख्ने हो । समयले सम्झिरहोस्, समयले नै बदला लिओस् । आफू त आँसु पुछेर हास्ने हो, शिर ठाडो गरेर बाच्ने हो ।

जतिसुकै शान्ति प्रिय भएनि जिन्दगीमा लडिरहनुपर्छ; कहिले मान्छेसँग, कहिले समाजसँग, कहिले आफैंसँग, कहिले समय र परिस्थितिसँग! ! !

Suchana Ghimire Popularity

Suchana Ghimire Popularity

Close
Error Success