सजिलो हुँदैन Poem by Suchana Ghimire

सजिलो हुँदैन

सजिलो हुँदैन,
काँडाको घोचाइ सहदै फुलिरहन।
ठेस लागेका खुट्टा सुमसुम्याउदै पाइला चालिरहन।

न असल भएर बाँच्न सजिलो।
न खराब भएर बाँच्न सजिलो।

खराब जति सबै असलको भेष लिइदिन्छन्।
असल जति मकैको बिचमा घुन पिसिए झैँ पिसिइ रहन्छन्।

सजिलो छैन,
बद्लिरहने जिन्दगीको मौसमलाई बुझ्न।
उब्जिरहने उल्झिरहने सोचहरु समेल्न।

पिरमा पनि हाँस्नुपर्छ नभन साथी।
पिर भुलेर नाँच्नुपर्छ नभन साथी।

सजिलो छैन,
अश्रुधारा बहाउदै हाँस्न।
चुहिने आकाशमुनि ओत बनिरहन।

जिन्दगीका केहि पानाहरु भिजेका हुन्छन्।
केही पाना खुला आकाश झैँ खुलेका हुन्छन् ।

सजिलो छैन,
जिन्दगीको पहाडमा उकाली ओराली गर्न।
पसिनाले भिजेर महल सजाउन।

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success