नयाँ वर्ष नि नयाँ जस्तो छैन उनी टाढा हुँदा
उल्लास पनि उदास उदास उनी टाढा हुँदा
हाँसो पनि खुसि छैन, खुसि पनि खुसि छैन
पट्टयार लाग्दो प्रतीक्षा उनी टाढा हुँदा
विछोडका दिन गन्दै वर्ष फेरिइ सक्छन्
मिलनको पल भने छिनमै बिति जान्छन्
सधैंभरि अत्यार मात्र उनी टाढा हुँदा
उपहार नि बेकार लाग्छ उनी टाढा हुँदा
कलिलो वसन्तका सुन्दर पालुवाहरु
सुवासले मगमगिएका सुन्दर फुलहरु
सबै सबै फिका फिका उनी टाढा हुँदा
रुखासुखा उजाड लाग्छ उनी टाढा हुँदा
मनमुटु एकातिर, ढुकढुकी अर्कोतिर
स्वास नि अड्कि२ चल्छ उनी टाढा हुँदा
उनको यादले सताउँछ पलपल उनी टाढा हुँदा ।
This poem has not been translated into any other language yet.
I would like to translate this poem