तिमी Poem by Suchana Ghimire

तिमी

कल्पनाका मेरा सहर तिमी छौ र त हराभरा छन्,
तिमी नभए कल्पनामा पनि खडेरी पर्छ,
हरियाली हौ तिमी, खुसियाली हौ तिमी!
जिन्दगीमा साथ नभएर के भो?
आँखा खोल्दा नभेटिएर के भो?
धड्कन जस्तै मन भित्र छौ,
आँखा चिम्लिदा देखिने चित्र हौ!
फुलिरहन्छौं मनभित्र
बाटो देखाइ रहन्छौं सोचभित्र
कल्पनाको बगैंचामा फुलेको फूल हौं
आनन्द र अस्तित्व जोडिदिने पुल हौं!
तिमी छौं र त मेरा पीडा छन्,
बेचैनि र आँसुहरु छन्!
तिमी छौं, मेरा रहरहरु छन्
प्रतिक्षाका प्रहरहरु छन्!
अधुरा चाहाना छन्
ईर्ष्या छन्, तड्पन छन्
तिमी छौं त्यसैले त मेरा धड्कन छन्!

Friday, March 16, 2018
Topic(s) of this poem: love
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success