ऊ एकदिन अचानक खस्यो
कोहि रोए, कोहि छट्पटाए ।
कसैले कविता लेखे, कसैले गीत गाए
कसैले बत्ती बाले त कसैले मुख चुक्चुकाए ।
तर,
सधैंका लागी खस्नु अघि,
ऊ कहिले कोशिसमा खस्यो
कहिले अभावमा खस्यो
कहिले मायामा खस्यो
त कहिले एक्लोपनमा खस्यो ।
सोधेनन् कसैले... किन खसिरहेछस्?
सोधेनन् कसैले किन खसिरहेछस्?
तर,
किस्तामा खस्न छोडेर
जसै ऊ एकै पटकमा खस्यो ।
सब बुझ्नलागे, सब खोज्न लागे
सब बुझ्नलागे, सब खोज्न लागे
तर, ब्यर्थ...
यहॉं प्रश्न भन्दा अघि उत्तर खस्यो
मानौं जट्टामा एक शूल पस्यो
मानौं सट्टामा एक फूल खस्यो
-गौशाला
This poem has not been translated into any other language yet.
I would like to translate this poem