यो दुनियॉं भरिमा
उसलाई सबै भन्दा मन पर्ने
…कविता!
सानो शुन्य केटो
एकाएक अजड्गको जमानामा डरायो
भयमा आवाजहरू निस्किए
अबोध ऋदयबाट
भाषाका पहिला अक्षरहरू, शब्दहरू!
केटोले अक्षरहरू बटुल्यो
र थुप्रो बनायो शब्दका
बुझ्नेले अनुहार उज्योलो पारे
सुन्नेले हृदय उज्योलो पारे
केटोले शुरूमा कविता भेट्यो
… उनलाई भेट्नु अघि।
अधुरो केटो
कहिले डरायो,
कहिले रिसायो
क्रोधमा ज्वालाहरू निस्किए अहमका
जालन्धर जस्ता
कहिले रोयो
वेदनामा ऑंशु निस्किए विरहका
गंगा जस्ता
यसरि हरेक पटक, नविन संवेदनामा
विस्तारिंदै गयो केटो
हरेक पटक फुत्किंदै गए अक्षरहरू
र बन्दै गए शब्द
अनि थपिंदै गए शब्दका थुप्राहरू
केटाले तिनै थुप्राहरू माझ आफ्नो घर बनायो
तिनै थुप्राहरुलाई आफ्नो सिरानि बनायो
र निदायो…
कुरूप थुप्राहरू, सुन्दर थुप्राहरू
…थुप्रै थुप्राको ब्रह्माण्ड
थुप्राका बीच केटो सुतिरह्यो
देख्नेले महसुस गरे, मुस्कुराउँदै गए
सुन्नले केटो भित्र आफैंलाई भेटे
… उनले भेट्नु अघि
एकपटक सपनामा केटोले रात देख्यो
रातमा जून देख्यो
जूनको उजेलीमा फूल देख्यो
फूल भित्र उसले परी भेट्यो
परीका ओठमा हॉंसो भेट्यो
हॉंसोमा संगीत भेट्यो
संगीतमा आन्नद भेट्यो
शान्ती भेट्यो
उसले उनलाई भेट्यो… सपनामा
केटो मुस्कुरायो सपनामै
र निदाई रह्यो!
त्यसपछि कहिले भेटीएन केटो
छोडेर गयो केबल थुप्राहरू शब्दका
तर देख्नेले सधैं झैं देखे
सुन्नेले सधैं झैं बुझे र … मुस्कुराए
केटोले अन्त्यमा प्रेम पनि भेटी छाड्यो
… कालले भेट्नु अधि!
उनिहरुले त्यतै कतै
सानो शिला खोजे
शब्दका थुप्राहरू बीच सानो
चिहान बनाई दिए र
लेखिदिए "यो दुनियॉं भरिमा
उसलाई सबै भन्दा मन पर्ने
कविता…अनि उनी"
-गौशाला (२०७९)
This poem has not been translated into any other language yet.
I would like to translate this poem